उद्देश्य
यस केन्द्रका उद्देश्यहरु निम्नानुसार रहेका छन् :
- वन तथा वातावरणसंग सम्बन्धीत विभिन्न क्षेत्रमा कार्यरत वन प्राविधिक तथा अन्य कर्मचारीहरूको ज्ञान, सीप विकास गर्दै क्षमता अभिबृद्धि गर्ने,
- वन क्षेत्रको लागि आवश्यक फिल्डस्तरीय अनुसन्धान गर्ने,
- वन, वनस्पति, जैविक विविधता र भू–संरक्षण क्षेत्रमा समयानुकूल आवश्यकता पुरा गर्न तालिम आवश्यकता पहिचान गर्ने, योजना तर्जुमा, कार्यान्वयन र अनुगमन तथा मूल्याङ्कन गर्ने,
- तालिम तथा अनुसन्धानलाई प्रभावकारी बनाउन अन्य सरकारी, गैर-सरकारी संस्थाहरूसंग समन्वय तथा सहकार्य गर्ने,
- जिल्ला स्तरीय कार्यालयहरुबाट तालिम/गोष्ठी, अनुसन्धानमुलक कार्यक्रमहरु संचालन गर्न एवं प्राविधिक सरसल्लाह र सहयोग माग भै आएमा सहयोग प्रदान गर्ने,
- प्रदेश सरकारको वनसँग सम्वन्धित मन्त्रालय र संघीय वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रसँग सहकार्य गरि कर्मचारीको दक्षता अभिवृद्धि तथा वन अनुसन्धानका क्षेत्रमा आवश्यक थप कार्यक्रमहरु संचालन गरी वन मन्त्रालयको वन विकासको लक्ष्यमा टेवा पुर्याउने।