नवनिर्मित भवनको वर्तमान अवस्था

नवनिर्मित भवनको वर्तमान अवस्था

GPS/GIS Training

GPS/GIS Training

Ms. Excel Training

Ms. Excel Training

नर्सरी सम्वन्धी तालिम

नर्सरी सम्वन्धी तालिम

वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, तरहरा सुनसरी

वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, तरहरा सुनसरी

परिचय

यो वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, तरहरा सुनसरी, कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहेको कार्यालय हो । नेपालको संविधान २०७२ अनुसार देश संघीय संरचनामा गएसंगै तत्कालिन प्रदेश नं. १ को प्रदेश सरकारले २०७५ साल असोज १ गते साविक पूर्वाञ्चल क्षेत्रीय वन तालिम केन्द्रको भवन विराटनगरमा यस केन्द्रको स्थापना गरेको थियाे । त्यसको केही समयपछि तत्कालिन प्रदेश नं. १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको २०७५ साल असोज १६ गतेको निर्णयबाट सुनसरी जिल्लाको इटहरी उप–महानगरपालिका वडा नं. २० तरहरा क्षेत्रमा स्थानान्तरण गर्नको लागि प्राप्त निर्देशन अनुसार आ.व. २०७५/०७६ मा (२०७६ साल जेष्ठ महिनामा) तरहराको अभियान मार्गमा यस केन्द्रको स्थानान्तरण भएको हो । आर्थिक वर्षको अन्त्यतिर स्थानान्तरण भएकाले वि.स. २०७६ साल श्रावण १ गतेदेखि पूर्णकालिन रुपमा उक्त स्थानबाट कार्यालय संचालनमा आएको हो । 

संघीय सरकारको वन तथा वातावरण मन्त्रालय अन्त्रर्गत वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र रहे जस्तै काेशी प्रदेश सरकारकाे पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत याे वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र रहेकाे छ । वन सम्वन्धी तालिम प्रदान गर्ने तथा वन अनुसन्धान कार्य गर्ने मुख्य उद्देश्य रहेको यस केन्द्रले साविकको पूर्वाञ्चल क्षेत्रीय वन तालिम केन्द्र, विराटनगरले आफ्नो कार्य क्षेत्रमा कार्यरत निम्न देखि मध्यमस्तर सम्मका वन प्राविधिकहरुको दक्षता र संस्थागत क्षमता अभिबृद्धि गर्ने उद्देश्य राखे झै यस वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रले पनि सोही उद्देश्यलाई निरन्तरता दिंदै वन अनुसन्धानका पक्षलाई बढावा दिने थप उद्देश्य राखी कार्य गरिरहेको छ । हाल यस केन्द्रले पछिल्लो संगठन संरचना अनुसार श्रेणी विहिन देखि रा.प.तृ. श्रेणी सम्मका वन क्षेत्रमा कार्यरत वन र अन्य सेवाका कर्मचारीहरुलाई तालिम प्रदान गर्दै आईरहेको छ ।  

 

विज्ञहरुको सूची (Roaster) तयारी सम्वन्धी सूचना

२ माघ २०८०, मङ्गलवार थप पढ्नुहोस्
काजीमान तामाङ

काजीमान तामाङ

कार्यालय प्रमुख

९८६७०६१७३०

खिलनाथ निरौला

खिलनाथ निरौला

सूचना अधिकारी

९८४२२१९०४४